सुनसरीको हरिनगरामा प्रहरीको गाडीमा आक्रमण

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १३, बुधबार १६:२८

विराटनगर । सुनसरीको हरिनगरामा बुधबार दिउँसो प्रहरीको गाडीमा आक्रमण भएको छ । देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा गत आइतबार राति भएको गोलीकाण्डको विरोधमा उत्रिएको समूहले नेपाल प्रहरीको गाडीमा ढुंगामुढा गरेको हो ।

आक्रमणबाट इलाका प्रहरी कार्यालय देवानगन्जका प्रमुख, इन्स्पेक्टर प्रकाश पराजुलीले प्रयोग गरिरहेको गाडीको अगाडिको भागमा क्षति पुगेको छ । सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले सुरक्षामा खटिएको प्रहरी टोली चढेको गाडीमा आक्रमण भएको जानकारी दिए ।

Advertisement

इलाका प्रहरी कार्यालय हरिनगराको ना १ झ ८७४ नम्बरको गाडीमा आक्रमण भएपछि अवस्था केहीबेर तनावपूर्ण बनेको थियो । दुई समूहबीच तनाव हुन लागेको जानकारी पाएर इन्स्पेक्टर पराजुली टोली लिएर हरिनगरा बजारमा पुगेका थिए । पराजुलीको टोलीले बजारमा भेला भएको समूहलाई सम्झाइबुझाइ गर्ने क्रममा गाडीमा एक्कासि ढुंगामुढा गरिएको डीएसपी खड्काले बताए ।

ढुंगाले लागेर गाडीको अगाडिको भागको सिसा फुटेको छ । फुटेको सिसा परिवर्तन गरेर मात्रै गाडी चलाउन सकिने अवस्थामा पुगेको हो । गाडीमा आक्रमण गरिएको भए पनि सुरक्षाकर्मीहरु भने सकुशल छन् । ‘घटनामा कुनै मानवीय क्षति भएन । गाडीको अगाडिको सिसा मात्रै फुटेको हो । ढुंगामुढा गर्ने समूह तत्काल फरार भयो,’ डीएसपी खड्काले बताए ।

कप्तानगन्जमा दुई पक्षबीच भएको हिंसात्मक झडप नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । गोली लागेर नौ जना युवा घाइते भएका थिए । सुरक्षाकर्मीहरु पनि घाइते भएका छन् ।

घटनाको विरोधमा सुनसरीका विभिन्न स्थानमा दुई समूहबीच दोहोरो झडप, आक्रमण, आगजनी, तोडफोड र लुटपाटका घटना भएका छन् । स्थितिलाई नियन्त्रणबाहिर जान नदिन जिल्लाका विभिन्न १० वटा पालिकामा कर्फ्यु आदेश जारी गरिएको छ । बुधबारबाट अवस्था केही मत्थर हुँदै गएको छ ।

तपाइको प्रतिक्रिया
मिर्गौला फेल भएकी भुटानी शरणार्थीको उपचारका लागि बाटो फुकाउन सर्वोच्चको आदेश
सुनसरीको हरिनगरामा प्रहरीको गाडीमा आक्रमण
प्रमुख निर्वाचन आयुक्तमा कार्की, आयुक्तहरूमा वाग्ले तथा सुब्बा सर्वसम्मत अनुमोदन
सवारी साधनको दर्ता वर्षका आधारमा जाँचिनेछ सवारी प्रदूषण
नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो
सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम राख्न अपिल
देवानगन्ज घटनाका मृतक परिवारलाई २ लाख दिने कोशी सरकारको निर्णय
बनारसको सम्पूर्णानन्द विश्वविद्यालयमा सापकोटालाई २ स्वर्णपदक
नेपाल टेलिकमका सबै टावरमा विद्युत् पुर्‍याउन निर्देशन
१६ वर्ष पुगेकालाई मतदान अधिकार दिन रास्वपाको प्रस्ताव
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×