देवानगन्ज गोलीकाण्डको असर अदालतसम्म

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १३, बुधबार १७:३८

विराटनगर । देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको हिंसात्मक घटनापछि सुनसरीमा जारी कर्फ्युको असर न्यायालयसम्म पुगेको छ ।

सुरक्षा अवस्था संवेदनशील बनेपछि स्थानीय प्रशासनले जिल्लाका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेसँगै सुनसरी जिल्ला अदालतले बुधबारका लागि सम्पूर्ण न्यायिक तथा प्रशासनिक कामकारबाही बन्द गरेको हो । अदालतले बुधबार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले २०८३ साउन १२ गते (मंगलबार) राति ९ बजेदेखि अर्को आदेश नभएसम्म इनरुवा नगरपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा तथा कर्फ्यु आदेश जारी गरेको अवस्थालाई मध्यनजर गर्दै सेवाग्राही, कानुन व्यवसायी, कर्मचारी तथा न्याय सम्पादनमा संलग्न सबैको सुरक्षा तथा सार्वजनिक हितलाई ध्यानमा राखी २०८३ साउन १३ गते (बुधबार)का सम्पूर्ण न्यायिक तथा प्रशासनिक सेवा स्थगित गरिएको जनाएको छ ।

अदालतले म्याद र तारेखका विषयमा पनि सेवाग्राहीलाई राहत दिएको छ । सूचनाअनुसार बुधबार अदालतमा म्याद वा तारेखमा उपस्थित हुनुपर्ने व्यक्तिका लागि उक्त दिनलाई ‘शून्य समय’ मानिनेछ । त्यस दिनको मुद्दा तथा निवेदनमा रहेको हदम्याद, म्याद र तारेख नगुज्रने अदालतले स्पष्ट पारेको छ ।

अदालतका श्रेस्तेदार टीकेन्द्र वीरजंग राणाले कर्फ्युका कारण न्यायिक तथा प्रशासनिक काम रोकिएको जानकारी दिए । कुनै पनि सेवाग्राहीलाई अनावश्यक मर्का नपरोस् भन्ने उद्देश्यले बेलैमा सूचना जारी गरिएको उनले बताए । बिहीबार अदालत सञ्चालन गर्ने वा नगर्ने विषयमा भने कर्फ्युको अवस्थाको समीक्षा गरेर निर्णय लिइने राणाको भनाइ छ ।

स्थानीय प्रशासनले देवानगन्ज घटनापछि जिल्लाको सुरक्षा अवस्था संवेदनशील बन्दै गएको निष्कर्षसहित मंगलबार रातिदेखि सुनसरीका विभिन्न १० वटा पालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो । कर्फ्युका कारण सेवाग्राही अदालतसम्म पुग्न नसक्ने अवस्था सिर्जना भएपछि अदालतले एक दिनलाई सेवा बन्द गर्ने निर्णय लिएको हो ।

देवानगन्ज–३ कप्तानगन्जमा भएको घटनापछि सम्भावित अप्रिय गतिविधि रोक्न, शान्ति सुरक्षा कायम राख्न तथा सामाजिक सद्भाव जोगाउन कर्फ्यु लागू गरिएको प्रशासनको भनाइ छ । स्थानीयलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन प्रशासनले आग्रह गरेको थियो ।

देवानगन्ज–३ कप्तानगन्जमा दुई पक्षबीच भएको हिंसात्मक झडप नियन्त्रणमा लिने क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर गत आइतबार राति देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । घटनामा गोली लागेर नौ जना युवा घाइते भएका छन् भने झडपका क्रममा सुरक्षाकर्मीहरू पनि घाइते भएका छन् ।

घटनाको विरोधमा त्यसयता सुनसरीका विभिन्न स्थानमा दुई समूहबीच दोहोरो झडप, आक्रमण, आगजनी, तोडफोड तथा लुटपाटका घटना भएका छन् । अवस्था नियन्त्रणबाहिर जान नदिन प्रशासनले लगातार कर्फ्यु आदेश जारी गरिरहेको छ । बुधबारदेखि भने जिल्लाको अवस्था केही मत्थर बन्दै गएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×