पीडितको परिचय खुलाएको आरोपमा पत्रकार पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार ०६:४६
सांकेतिक फोटो ।

विराटनगर । बलात्कार पीडित बालिकाको परिवारको वास्तविक परिचय खुल्ने सामग्री सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोपमा मोरङबाट प्रहरीले एक पत्रकार (सञ्चारकर्मी)लाई पक्राउ गरेको छ ।

मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार सुनवर्षी नगरपालिकामा एक बालिकामाथि भएको सामूहिक बलात्कार (जबर्जस्ती करणी) घटनासम्बन्धी समाचार प्रसारणका क्रममा कोशी आवाज अनलाइनसँग आबद्ध सञ्चारकर्मी चन्दनकुमार पासवानले फेसबुकमा पीडित परिवारको परिचय खुल्ने भिडियो सामग्री सार्वजनिक गरेका थिए । पीडित पक्षको उजुरीपछि प्रहरीले पासवानलाई बुधबार पक्राउ गरेको हो ।

Advertisement

अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय रंगेलीबाट घटनाको थप अनुसन्धान भइरहेको मिश्रले बताए । प्रहरीले अनुसन्धानलाई असर पुग्ने तथा पीडितको गोपनीयता भंग हुने सामग्री कुनै पनि सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा सार्वजनिक नगर्न सबैलाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×