राहदानी ऐन संशोधन विधेयक प्रतिनिधि सभामा पेस

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार १७:५८

काठमाडौं। मौजुदा राहदानी ऐन, २०७६ मा रहेका व्यवस्था अपूरो भएको भन्दै त्यसलाई समयसापेक्ष परिमार्जन गर्न राहदानी ऐन संशोधन विधेयक प्रतिनिधि सभामा पेस गरिएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले उक्त विधेयक सदनसमक्ष पेस गरेका हुन्।

रोजगारी, अध्ययन, व्यापार व्यवसाय तथा अन्य विभिन्न प्रयोजनका लागि विदेश जाने नेपालीहरूको सङ्ख्या दैनिक रूपमा बढ्दै गएकाले राहदानी वितरणलाई थप व्यवस्थित बनाउन विधेयक ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईसीएओ) का नवीनतम मान्यतालाई सम्बोधन गर्दै राहदानी जारी गर्ने प्रक्रियालाई नियमित र सेवाग्राहीमुखी बनाउने राज्यको दायित्व रहेको मन्त्रालयको भनाइ छ।

विधेयकमा अस्थायी, कूटनीतिक तथा विशेष राहदानीसम्बन्धी व्यवस्थालाई स्पष्ट पार्ने, राहदानी रद्द गर्ने, जारी नगर्ने वा रोक्का राख्ने प्रक्रियाका द्विविधा हटाएर सहज बनाउने लक्ष्य राखिएको छ।

यस्तै, विशेष अवस्थामा विदेशमा रहेका नाबालिगलाई कूटनीतिक नियोगबाटै जारी गरिने अस्थायी राहदानीका व्यवहारिक समस्या सुल्झाउन र राहदानीको दुरुपयोग रोक्न कसुर तथा सजायका प्रावधानलाई कडा र समयसापेक्ष बनाउने उद्देश्य विधेयकले लिएको छ।

परराष्ट्रमन्त्री खनालले विधेयकको औचित्य पुष्टि गर्दै विदेश भ्रमणमा जाने नेपाली नागरिकसँग सम्बन्धित राहदानी प्रक्रियालाई थप नियमित र व्यवस्थित बनाउन प्रचलित कानुन संशोधन गर्न आवश्यक रहेकाले विधेयक पेस गरिएको बताए।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×