११ औँ एसियाली आईटीएफ तेक्वान्दोमा नेपालको सहभागिता

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार १८:३४
११ औँ एसियाली आईटीएफ तेक्वान्दोमा नेपालको सहभागिता, विराटनगरमा टोलीको बिदाइ

विराटनगर । मंगोलियामा आयोजना हुन लागेको ११ औँ एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालले आफ्नो बलियो उपस्थिति जनाउने भएको छ । आगामी साउन १८ देखि २४ गतेसम्म सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नेपालबाट तीन सदस्यीय टोली त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।

प्रतियोगितामा सहभागी हुने टोलीलाई बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रमका बीच कोशी प्रदेश खेलकुद विकास बोर्ड सदस्यसचिव विप्लव घोषले बिदाइ गर्दै शुभकामना व्यक्त गरे । उनले नेपाली टोलीले पदक जितेर फर्कने विश्वास व्यक्त गर्दै यसले प्रदेश र समग्र राष्ट्रकै खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्ने बताए ।

नेपाली टोलीमा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्की, महासचिव घमबहादुर थापा मगर र प्रतिभाशाली खेलाडी शेखर थापा रहेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले औपचारिक बिदाइ गरे पश्चात् टोली आगामी आइतबार (साउन १७ गते) मंगोलियातर्फ प्रस्थान गर्ने छ ।

सात दिनसम्म चल्ने उक्त प्रतियोगिता खेल कौशल प्रदर्शनमा मात्र सीमित नभई प्राविधिक रूपमा पनि महत्त्वपूर्ण रहने महासंघका अध्यक्ष कार्कीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको उद्घाटनसँगै पहिलो दिन अम्पायरहरूका लागि ‘सेमिनार कोर्स’ सञ्चालन हुनेछ । सोही दिन साँझ एसियन आईटीएफ तेक्वान्दो फेडेरेसनको ‘कंग्रेस अधिवेशन’ समेत आयोजना हुनेछ, जसमा नेपालको तर्फबाट सक्रिय सहभागिता रहनेछ ।

अन्तर्राष्ट्रिय मञ्चमा देशको झन्डा फहराउने र पदक जितेर राष्ट्रको शिर उच्च बनाउने लक्ष्यसहित टोलीले आफ्नो तयारी तीव्र पारेको अध्यक्ष कार्कीले बताए ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×