सामाजिक सद्भाव कायम राख्न विराटनगरमा शुक्रबार ‘सद्भाव र्‍याली’ निकालिने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १४, बिहीबार १९:२१
सामाजिक सद्भाव कायम राख्न विराटनगरमा शुक्रबार ‘सद्भाव र्‍याली’ निकालिने

विराटनगर । सामाजिक एकता र धार्मिक सहिष्णुतालाई मजबुत बनाउने उद्देश्यले मोरङको विराटनगरमा शुक्रबार ‘सद्भाव र्‍याली’ आयोजना गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले बिहीबार मोरङ उद्योग व्यापार संघको सभाहलमा आयोजना गरेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो ।

हालैका केही घटनाक्रमले सदियौंदेखि कायम रहेको हिन्दु र मुस्लिम समुदायबीचको सामाजिक एकता र धार्मिक सद्भावमा खलल पुर्‍याउन खोजेको निष्कर्ष निकाल्दै बैठकले त्यसको कडा निन्दा गरेको छ । सामाजिक र धार्मिक सद्भाव कायम गराउन तथा शान्ति सुरक्षालाई थप मजबुत बनाउन सबै पक्षले सुरक्षा निकायलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

Advertisement

मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) युवराज कट्टेलले शुक्रबार आयोजना गरिने सद्भाव र्‍यालीमा सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संघ–संस्था र सर्वसाधारणको उत्साहजनक सहभागिता रहने जानकारी दिए । ‘विराटनगरको विशिष्ट पहिचानको रूपमा रहेको सामाजिक एकतालाई जोगाउन यो र्‍याली कोसेढुंगा सावित हुनेछ,’ उनले भने ।

सर्वदलीय बैठकमा सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू, धार्मिक संघ–संगठनका प्रतिनिधिहरू, उद्योगी–व्यवसायी र युवाहरूको बाक्लो उपस्थिति रहेको थियो ।

बैठकमा सहभागीहरूले जिल्ला प्रशासन कार्यालय मोरङले पछिल्लो समय मठ, मन्दिर, मस्जिद लगायतका धार्मिक स्थलहरूमा राखिएका माइक तथा लाउडस्पिकरहरू बाहिर बजाउन निषेध गर्ने गरी गरेको निर्णयको स्वागत गरेका छन् । ध्वनि प्रदूषण नियन्त्रण र सामाजिक शान्ति कायम गर्न यो कदम सकारात्मक रहेको सहभागीहरूको धारणा थियो ।

प्रशासनले धार्मिक तथा सामाजिक सद्भाव बिगार्ने खालका गतिविधि नगर्न र कुनै पनि उक्साहटमा नलाग्न सम्पूर्ण जिल्लाबासीलाई आग्रह समेत गरेको छ ।

तपाइको प्रतिक्रिया
कप्तानगन्ज गोलीकाण्डका एक जना घाइतेलाई विराटनगरबाट लगियो काठमाडौं
रोमन कट्टेलको नेतृत्वमा एनवाईइएफकाे नयाँ समिति चयन
रोमन कट्टेलको नेतृत्वमा एनवाईइएफकाे नयाँ समिति चयन
हिंसा फैलाउने सामग्री सम्प्रेषण गर्ने ११ मिडियामाथि काउन्सिलको कारबाही
गोलबजार घटना छानबिन गर्न मधेस प्रदेश प्रहरीद्वारा समिति गठन
निषेधाज्ञा पालना गर्न अपिल, अफवाह फैलाए कारबाही
सिरहामा प्रहरीले उठायो मृतकको शव, प्रदर्शन जारी
कोशी र मधेसका सांसदलाई जिल्ला फर्किएर सद्भाव कायम गर्न लामिछानेको निर्देशन
सिरहाको गोलबजारमा प्रदर्शन रोकिएन, कर्फ्युबीच सेना परिचालन
‘दर्दनाक अवस्था नदोहोरियोस्’
सामाजिक सद्भाव कायम राख्न विराटनगरमा शुक्रबार ‘सद्भाव र्‍याली’ निकालिने
सामाजिक सद्भाव कायम राख्न विराटनगरमा शुक्रबार ‘सद्भाव र्‍याली’ निकालिने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×