अपुष्ट सूचनाको भरमा उद्योगीलाई आतंकित पारिएको भन्दै व्यावसायिक संगठनद्वारा विरोध

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १८, सोमबार १९:२४
विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घरमा प्रहरीको छापा 

विराटनगर । विराटनगरको प्रतिष्ठित व्यावसायिक घराना ‘देवेनरा ग्रुप’ को घर तथा व्यवसायमा नेपाल प्रहरीले गरेको छापा मार्ने शैलीप्रति कोशी प्रदेशका उद्योगी व्यवसायीहरूले गम्भीर आपत्ति जनाएका छन् ।

शनिबार बिहानैदेखि सडक घेराबन्दी गरी करिब ५ घण्टासम्म गरिएको छापामा कुनै पनि गैरकानुनी वस्तु वा प्रमाण फेला नपरेपछि निजी क्षेत्रले प्रहरीको सूचना संयन्त्रको विश्वसनीयतामाथि नै प्रश्न उठाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको भर्त्सना गरेका हुन् ।

Advertisement

उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीकै प्रेस विज्ञप्ति अनुसार कुनै पनि गैरकानुनी वस्तु फेला नपर्नुले प्रहरीको सूचना संयन्त्र कति फितलो छ भन्ने प्रमाणित भएको छ । बिहान ४ः३० बजेदेखि नै ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी उद्योगीलाई आतंकित पार्ने शैलीमा गरिएको यो कार्य निन्दनीय छ ।’

व्यवसायीहरूले कानुन कार्यान्वयन राज्यको दायित्व भए तापनि नागरिकको सम्मान, सामाजिक प्रतिष्ठा र व्यावसायिक साखलाई ख्यालै नगरी गरिएको यस्तो कारबाहीले निजी क्षेत्रलाई हतोत्साहित बनाएको उल्लेख गरेका छन् ।

सरकारले एकातिर लगानीमैत्री वातावरण र निजी क्षेत्रसँगको सहकार्यको कुरा गर्ने तर अर्कोतिर अपराधीलाई जस्तो व्यवहार गरी छापामार शैली अपनाउने कार्यले सरकारको नीति र व्यवहारबीच विरोधाभास देखिएको उद्योगीहरूको ठहर छ । यस्ता गतिविधिले सरकार र निजी क्षेत्रबीच अविश्वास मात्र बढाउने नभई आर्थिक गतिविधि विस्तारमा समेत प्रतिकूल प्रभाव पार्ने चेतावनी विज्ञप्तिमा दिइएको छ ।

कोशी प्रदेशका चार ठुला व्यावसायिक संस्थाहरूले यस्ता संवेदनशील कारबाही अघि प्रयोग गरिने सूचनाको विश्वसनीयता र प्रमाणिकतामाथि गम्भीर पुनरावलोकन गर्न सरकारसँग माग गरेका छन् । अपुष्ट सूचनाको भरमा निर्दोष व्यवसायीको मानमर्दन हुँदा राष्ट्रको अर्थतन्त्रमा नै दूरगामी असर पर्ने उनीहरूको भनाइ छ ।

‘उद्योग र वाणिज्य क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड हो । यस क्षेत्रलाई शंकाको दृष्टिले होइन, सहकार्य, पारदर्शिता र कानुनी सुनिश्चितताको वातावरणमा अघि बढाउन हामी नेपाल सरकारसँग जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

तपाइको प्रतिक्रिया
झापामा स्क्रब टाइफसको उच्च जोखिम: बिर्तामोडमा मात्रै ५९८ सङ्क्रमित
झापामा स्क्रब टाइफसको उच्च जोखिम: बिर्तामोडमा मात्रै ५९८ सङ्क्रमित
विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घरमा प्रहरीको छापा 
अपुष्ट सूचनाको भरमा उद्योगीलाई आतंकित पारिएको भन्दै व्यावसायिक संगठनद्वारा विरोध
गण्डकीमा गाँजा विधेयक प्रमाणीकरण, खेतीको बाटो खुल्यो
दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
मधेश घटनाको छानबिन गर्न न्यायिक समिति गठनको माग गर्दै कांग्रेस
सात साना दलद्वारा ‘अग्रगामी मोर्चा’ घोषणाको तयारी
भुटानी शरणार्थीलाई मिर्गौला प्रत्यारोपण रोक्न नमिल्ने सर्वोच्चको परमादेश
कोशीमा सरकार फेर्ने सकस
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ 
दुर्गा प्रसाईंलाई ७ दिन हिरासतमा राख्न प्रहरीको माग
सहमति कार्यान्वयन नभए पुनः आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी
सहमति कार्यान्वयन नभए पुनः आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.