बेलबारीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १९, मंगलबार ११:१७
झापाको कोटी होममा पिकअपको ठक्करबाट वृद्धको मृत्यु 

 विराटनगर। मोरङको बेलबारीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बेलबारी नगरपालिका-९ गैराखुनिस्थित डाँगाबजारबाट बाउनितर्फ जाँदै गरेको को ३२ प ३२४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दु

मोटरसाइकल चालक सोही ठाउँका २९ वर्षीय सनम खवास गम्भीर घाइते भएका थिए। घाइते खवासलाई उपचारका लागि विराट नर्सिङहोम विराटनगर लगिएकोमा उपचारका क्रममा राति १ बजे चिकित्सकले मृत घोषित गरेका थिए।

Advertisement

शव घरमा ल्याएर राखिएको खबर पाएलगत्तै अस्थायी प्रहरी चौकी डाँगाबजारबाट प्रहरी सहायक निरीक्षक सन्तोष कटुवालको टोली घटनास्थल पुगेर मोटरसाइकल नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक राजीव गिरीको कमाण्डमा टोली खटिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.