विराटनगरको केशव धाममा १ जना मृत फेला

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १९, मंगलबार ११:२०

विराटनगर । विराटनगर महानगरपालिका-७ स्थित हिन्दू स्वयंसेवक संघ नेपाल (केशव धाम)को भवनमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

रामेछापको मन्थली नगरपालिका-मुनिटार घर भई सोही धाममा सवारी चालकका रूपमा कार्यरत २५ वर्षीय हरिकृष्ण खत्री चौथो तल्लामा आफू बस्ने कोठामा मृत भेटिएका हुन् । मंगलबार बिहान खत्री आफ्नै कोठाको पर्दा झुन्ड्याउने रडमा पर्दाको पासो लगाएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

Advertisement

खत्रीको मृत्युको कारण स्पष्ट हुन सकिरहेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.