आगजनीले मिसिलमा क्षति पुगेपछि लक्ष्यअनुसार मुद्दा फर्छ्यौटमा कठिनाइ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १९, मंगलबार १५:३७

काठमाडौं। सर्वोच्च अदालतका मिसिलमा अकल्पनीय क्षति पुगेका कारण लक्ष्यअनुसारको मुद्दा फर्छ्याैट हुन कठिन देखिएकाे छ। सोही कारणले आर्थिक वर्ष २०८२/०८३ मा अदालतले २७ हजार ४६७ मुद्दा फर्छ्याैट गर्न सकेन ।

न्यायालयमा गत भदौ २४ गते भएको आगजनीले मिसिलमा क्षति पुग्न गएका कारण तोकिएको समय सीमाभित्र इजलास बस्न नसक्दा दर्ता भएकामध्ये ११ हजार ४६९ वटा मुद्दा मात्र फर्छ्याैट भएका थिए । अदालतले उक्त आर्थिक वर्षमा १९ हजार ६७९ मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएको थियो । सो वर्ष अदालतमा सबैगरी कूल ३८ हजार ९३६ वटा मुद्दा थिए ।

Advertisement

अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा अदातलमा आगजनी भई अकल्पनीय क्षति पुग्न गएकाले लामो समयसम्म इजलास बस्ने नसकेको र मिसिल पत्ता लगाउन कठिनाइ भएकाले मुद्दा फर्छ्याैटमा ढिलाइ भएको राससलाई जानकारी दिए।

 

तपाइको प्रतिक्रिया
झापाको कोटी होममा पिकअपको ठक्करबाट वृद्धको मृत्यु 
युगान्डामा भ्यान र ट्रक ठोक्किँदा १४ जनाको मृत्यु
व्यवसायीको घरमा छापा: मोरङका एसपीसँग स्पष्टीकरण माग
घट्यो नेप्से परिसूचक, ४ अर्ब ७ करोडको कारोबार
कप्तानगन्ज गोलीकाण्डः घाइते मेहताको मृत्युपछि सुरक्षा सतर्कता
आगजनीले मिसिलमा क्षति पुगेपछि लक्ष्यअनुसार मुद्दा फर्छ्यौटमा कठिनाइ
गणेश यादव मृत्यु प्रकरणमा उच्चस्तरीय समितिले सुरु गर्यो छानबिन
विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए
कप्तानगन्ज गोलीकाण्ड : गृहमन्त्री नआएसम्म रवीन्द्रको शव नबुझ्ने अडान
एमाले नेताहरु काठमाडौंतिर, यता मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर अभियान
सुस्ता अतिक्रमण : सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.