जनकपुरको तेल्हा पोखरीमा डुबेर एक भारतीय दर्शनार्थीको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २०, बुधबार ०९:२१
जनकपुरको तेल्हा पोखरीमा डुबेर एक भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम । धनुषाको जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिर नजिकै रहेको तेल्हा पोखरीमा डुबेर मंगलबार राति एक भारतीय दर्शनार्थीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको विहारको हाजीरपुरका २० वर्षीय आदर्शकुमार झा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झा आफ्ना साथीहरूसँग जानकी मन्दिरको दर्शन गर्न जनकपुर आएका थिए ।

Advertisement

दर्शन गर्ने क्रममा उनी अचानक पोखरीमा डुबेका थिए । उनलाई पोखरीमा डुबेको देखेपछि स्थानीय युवाहरूले तत्कालै उद्धार गरी उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुर्‍याएका थिए । तर, अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमै राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
मन्त्रिपरिषद् बैठक : के के भयो निर्णय ?
ग्यास अभाव हुन नदिन आयल निगमद्वारा ‘क्विक रेस्पोन्स टिम’ गठन
राष्ट्रिय कृषि नीति जारी: आत्मनिर्भर र आधुनिक कृषि प्रणालीमा जोड
झापाको अर्जुनधारामा सुकुम्बासीलाई पुर्जा वितरणको तयारी
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
२४ घण्टामा ६६ विपद्का घटना: दुई जनाको मृत्यु, एक बेपत्ता
स्वीकृतिबिना विदेशी विमानस्थल प्रयोग गर्ने ३९ म्यानपावर कारबाहीमा
सर्वोच्चका न्यायाधीशबारे अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति संसदीय समितिको चासो
इलाममा मुसलधारे वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
२०७ किलो गाँजासहित एक जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.