२०७ किलो गाँजासहित एक जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २०, बुधबार १२:०७

वीरगन्ज । पर्सामा प्रहरीले २०७ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। गाँजा ओसार्न प्रयोग गरिएको एक थान पिकअप भ्यानसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार मङ्गलबार बेलुका साढे ६ बजे प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा सिमेन्टको बोराभित्र लुकाइराखिएको २०७ किलो गाँजा फेला परेको हो।

Advertisement

प्रहरीले गाडी चालक मकवानपुर, हेटौँडा उपमहानगरपालिका–१३ का ४८ वर्षीय कृष्ण लामालाई नियन्त्रणमा लिएको छ।

बरामद गाँजा र पक्राउ परेका लामामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
मन्त्रिपरिषद् बैठक : के के भयो निर्णय ?
ग्यास अभाव हुन नदिन आयल निगमद्वारा ‘क्विक रेस्पोन्स टिम’ गठन
राष्ट्रिय कृषि नीति जारी: आत्मनिर्भर र आधुनिक कृषि प्रणालीमा जोड
झापाको अर्जुनधारामा सुकुम्बासीलाई पुर्जा वितरणको तयारी
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
२४ घण्टामा ६६ विपद्का घटना: दुई जनाको मृत्यु, एक बेपत्ता
स्वीकृतिबिना विदेशी विमानस्थल प्रयोग गर्ने ३९ म्यानपावर कारबाहीमा
सर्वोच्चका न्यायाधीशबारे अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति संसदीय समितिको चासो
इलाममा मुसलधारे वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
२०७ किलो गाँजासहित एक जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.