मोरङमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २१, बिहीबार ०८:०४
मोरङमा मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु 

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ मा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ ।

धनपालथान गाउँपालिका–७ कदमाहास्थित भित्री सडक खण्डमा कदमाहाबाट नोचातर्फ जाँदै गरेको को ३३ प ८९५३ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेकी ७० वर्षीया चुम्नीदेवी मण्डललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार राति मोटरसाइकलको ठक्करबाट मण्डलको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो ।

Advertisement

गम्भीर घाइते भएकी मण्डललाई तत्काल उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा बिहीबार बिहान ४ः०५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव अहिले अस्पतालमै राखिएको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकल चालक धनपालथान–१ नोचाका १७ वर्षीय धिरज मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा परेको मोटरसाइकललाई प्रहरी चौकी गडेरियामा राखिएको छ भने घटनाबारे थप कानुनी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
संसद्‌मा ठाडो भाषा प्रयोग गरेकोमा गृहमन्त्री गुरुङले मागे माफी
गृहमन्त्रीको अभिव्यक्तिको विरोध, ‘प्रश्न सोध्न रोक्नु अलोकतान्त्रिक’
निर्मला पन्तको न्यायबारे गृहमन्त्री : ‘पीडित परिवारको घाउ नकोट्याऔं’
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ
पाथीभरा मन्दिरको प्रसाद अब हुलाकमार्फत देश-विदेशमा पठाइने
‘हिन्दू अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापना हाम्रो एजेन्डा’
ग्यास अभाव: कालोबजारी र कृत्रिम अभावबारे उजुरी गर्न मन्त्रालयको आग्रह
आवासीय चिकित्सकको श्रम शोषण रोक्न माग
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त
अपहरणमा परेका ३०८ जनाको एकै दिन सकुशल उद्धार
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.