पेट्रोल बोकेको ट्यांकर दुर्घटनापछि आगलागी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २१, बिहीबार १०:५२
पेट्रोल बोकेको ट्यांकर दुर्घटनापछि आगलागी, चालक सकुशल

रौतहट । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिकै पेट्रोल बोकेको ट्यांकर दुर्घटना हुँदा भीषण आगलागी भएको छ । शनिबार बिहान भएको उक्त दुर्घटनामा मानवीय क्षति भने हुन पाएन ।

बाराको अमलेखगन्जबाट १२ हजार लिटर पेट्रोल लोड गरी सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्यांकर अनियन्त्रित भई सडकमा पल्टिएको थियो । ट्यांकर पल्टिए लगत्तै आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार ट्यांकरमा आगो सल्कनुअघि नै चालक समयमै बाहिर निस्कन सफल भएकाले उनी सकुशल रहेका छन् ।

घटना लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको टोली परिचालन गरी आगो नियन्त्रणमा लिइएको थियो । आगलागी र दुर्घटनाका कारण केही समय पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन पूर्ण रुपमा प्रभावित भएको थियो । अहिले आगो नियन्त्रणमा आइसकेको र राजमार्गमा यातायात सुचारु गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको बताएको छ ।

तपाइको प्रतिक्रिया
मुन्दडाको घरमा छापा मार्दा सूचना विश्लेषणमा कमजोरी : प्रहरी प्रवक्ता
लागुऔषध दुरुपयोग : एकै वर्ष दर्ता भए साढे ५ हजारभन्दा बढी मुद्दा
वैकल्पिक सडक निर्माण अघि बढाउन ध्यानाकर्षण
देशभर ९७० स्थानमा प्रहरी युनिट स्थापनाको माग
कोशीका उद्योगीले गभर्नर पौडेललाई बुझाए ११ बुँदे सुझाव
मोरङमा लागुऔषधसहित चार जना पक्राउ 
विराटनगरबाट १४ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
कोशीमा नयाँ सरकार र सत्ता साझेदारीका लागि संवाद सुरु
नीतिगत सुधारको माग गर्दै वैदेशिक रोजगार व्यवसायीले रोके श्रमिक पठाउने प्रक्रिया
अभिषेक गिरीले यसरी हडपे पेट्रोल पम्प : कारागारबाटै दबाब, ४ करोडको सम्पत्ति पास
 सम्पत्ति शुद्धीकरण मुद्दामा  ‘चक्रे मिलन’ दम्पतीलाई सर्वोच्चको सफाइ
सम्पत्ति शुद्धीकरण मुद्दामा  ‘चक्रे मिलन’ दम्पतीलाई सर्वोच्चको सफाइ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.