
विराटनगर । मोरङको लेटाङ नगरपालिकामा एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ ।
जबरजस्ती करणी गरेको आरोपमा लेटाङ नगरपालिकाका ३४ वर्षीय आदित्य भन्ने गंगाबहादुर गुरुङलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनका अनुसार दिदी भिनाजुको घरमा बस्दै आएकी एक महिलालाई गुरुङले साउन १६ गते राति जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।
घटनापछि पीडित महिलाले दिएको जाहेरीका आधारमा गुरुङलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय लेटाङमा राखिएको प्रहरीले जनाएको छ । साउन १६ गते शनिबार रातिको समयमा गुरुङले ती महिला सुत्ने कोठामा प्रवेश गरी मुख थुनेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका गुरुङमाथि जबरजस्ती करणी सम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।



















