कोशी प्रदेशका ५ जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २२, शुक्रबार १३:३१
कोशी प्रदेशका ५ जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने

विराटनगर । कोशी प्रदेशका चार जिल्लासहित मोरङका केही क्षेत्रमा आगामी शनिबार १२ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मत तथा नयाँ टावर जडानका लागि शनिबार बिहानैदेखि विद्युत् कटौती गर्न लागेको हो।

प्राधिकरणका अनुसार झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्रहरूमा शनिबार बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द रहनेछ। यसैगरी, मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा पनि सोही समयमा बिजुली काटिने छ ।

Advertisement

दुहबी–दमक १३२ केभी प्रसारण लाइनअन्तर्गत मोरङको केरौनस्थित टावर नम्बर ६८ र ६९ को बीचमा ‘डेड–इन्ड टावर’ जडान गर्नुपर्ने भएकाले सेवा अवरुद्ध गर्न लागिएको हो । टावर जडानका साथै प्रसारण लाइनको मर्मत र सबस्टेशन परीक्षणको काम पनि सोही अवधिमा सम्पन्न गरिने प्राधिकरणले जनाएको छ ।

आयोजना प्रमुख दर्शन राय यादवका अनुसार यो मर्मत र सबस्टेशन पूर्ण रूपमा सञ्चालनमा आएपछि मोरङको बेलबारी, रंगेली, उर्लाबारी, पथरीलगायतका क्षेत्रमा विद्युत् आपूर्तिको समस्या समाधान हुनेछ ।

‘सबस्टेशन सञ्चालनमा आएपछि यस क्षेत्रमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित हुनेछ,’ यादवले बताए।

१२ घण्टासम्म विद्युत् अवरुद्ध हुने भएपछि प्राधिकरणले उपभोक्ताहरूलाई पर्न जाने असुविधाप्रति क्षमा माग्दै निर्धारित समय अगावै काम सकिएमा छिटो सेवा सुचारु हुनसक्ने समेत जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
भदौदेखि शिक्षक महासंघको आन्दोलन
भदौदेखि शिक्षक महासंघको आन्दोलन
देउवाविरुद्ध मुद्दा र पक्राउ पुर्जीबारे रेकर्ड हेर्दै प्रहरी
कर्णाली विकास बैंक घोटाला प्रकरणः तत्कालीन सिइओ शाहसहित ३ जना पक्राउ
कोशी प्रदेशका ५ जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने
कोशी प्रदेशका ५ जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने
बैंकिङ कसुरमा कोशी प्रदेश तेस्रो स्थानमा, १ हजार १५७ मुद्दा दर्ता
विद्यालयमा गोली चल्दा ७ जनाको मृत्यु, १५ घाइते
५ लाख जरिवाना अव्यावहारिक भएको भन्दै ट्रक व्यवसायीको आपत्ति
बालसुरक्षामा मेटामाथि ५६ करोड ७० लाख डलरको थप जरिवाना
इरानसँगको द्वन्द्व चाँडै अन्त्य हुन सक्ने ट्रम्पको संकेत
प्रगतिशील लोकतान्त्रिक पार्टीबाट अलग भए राम कार्की
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.