मृतक गणेश यादवको परिवारलाई मधेस सरकारले घर बनाइदिने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २३, शनिबार ०६:५६
मृतक गणेश यादवको परिवारलाई मधेस सरकारले घर बनाइदिने

जनकपुर । सिराहाको गोल बजारमा गोली लागेर ज्यान गुमाएका गणेश यादवको परिवारलाई मधेस प्रदेश सरकारले पक्की घर निर्माण गरिदिने भएको छ ।

मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंह र मृतकका परिवारबीच शुक्रबार साँझ भएको सहमति अनुसार प्रदेश सरकारले दुई कोठा, एउटा भान्छा र एउटा शौचालयसहितको घर बनाइदिने भएको हो । यो घर सरकारको  ‘विपन्नसँग मदन भण्डारी आवास योजना’ अन्तर्गत निर्माण गरिने छ ।

Advertisement

सुनसरीको देवानगन्ज घटनाको विरोधमा गत साउन १४ गते सिराहाको गोल बजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर यादवको मृत्यु भएको थियो । मृतक परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले प्रदेश सरकारले आवास निर्माणमा सहयोग गर्ने निर्णय गरेको मन्त्री सिंहले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.