बीपी राजमार्गमा हायस दुर्घटना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २३, शनिबार १६:३५

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका-५ छब्बिसस्थित बीपी राजमार्गमा शनिबार हायस दुर्घटना हुँदा चार जना घाइते भएका छन्। मोरङबाट काठमाडौं आउँदै गरेको बा ५ ख ५९८४ नम्बरको हायस सडकमा दुर्घटनामा परेको हो।

दुर्घटनामा धनुषाको गणेशमान नगरपालिका-७ की २२ वर्षीया रुवी साह र मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ का १९ वर्षीय समित भुजेल गम्भीर घाइते भएका छन्। त्यसैगरी मोरङकै सुन्दरहरैँचा-१२ का २० वर्षीय उज्ज्वल चौधरी र सुनसरीको इटहरी उपमहानगरपालिका-१७ का ४२ वर्षीय दुर्गानन्द शर्मा सामान्य घाइते भएका छन्।

Advertisement

घाइते सबैको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चालकसहित १४ जना सवार हायसका चालक मोरङ बेलबारी नगरपालिका-३ का २५ वर्षीय उमेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सवारी साधन घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.