क्यानडा पठाइदिने भन्दै ठग्ने दुलाल पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २४, आइतबार ०९:४८
क्यानडा पठाइदिने भन्दै ठग्ने दुलाल पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने प्रलोभन देखाई लाखौँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिका–६ का ४२ वर्षीय अच्युत दुलाल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले क्यानडा पठाइदिने भन्दै एक पीडितबाट ३७ लाख रुपैयाँ लिएर ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।

Advertisement

वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिकाबाट नियन्त्रणमा लिइएको हो । पक्राउ परेका दुलाललाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.