एकै वर्षमा पक्राउ परे साढे १९ हजार फरार प्रतिवादी, मधेशबाट सबैभन्दा धेरै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २२, शुक्रबार १८:१६
लहानमा पेस्तोलसहित ३ जना पक्राउ 

काठमाडौं । प्रहरीले पछिल्लो एक आर्थिक वर्षमा मुलुकभरबाट १९ हजार ५१४ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ।

अदालतको फैसला कार्यान्वयनका क्रममा आर्थिक वर्ष २०८२/०८३ मा ती प्रतिवादीहरूलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डिआईजी अबिनारायण काफ्लेले जानकारी दिए।

Advertisement

प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता काफ्लेले मधेश प्रदेशबाट सबैभन्दा धेरै फरार प्रतिवादी पक्राउ परेको बताए। मधेशबाट एक वर्षको अवधिमा ४ हजार ६९७ जना फरार प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ परेका फरार प्रतिवादीहरूबाट अदालतले तोकेको २ अर्ब १७ करोड ७५ लाख रुपैयाँ जरिवाना असुलउपर हुने बताइएको छ।

तथ्याङ्क अनुसार काठमाडौँ उपत्यकाबाट एक वर्षमा ३ हजार ४२१ जना प्रतिवादी पक्राउ परेका छन्। सोही अवधिमा कर्णाली प्रदेशबाट सबैभन्दा कम ५३८ जना फरार प्रतिवादी पक्राउ परे।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.