विराटनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २३, शनिबार १७:२०
 विराटनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ

विराटनगर । लागुऔषध ब्राउन सुगरसहित प्रहरीले विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले विराटनगर महानगरपालिका– १५ बाट ब्राउन सुगरसहित स्थानीय ३१ वर्षीय महमद हुसेनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हुसेनलाई लागुऔषध ब्राउन सुगर बिक्री गरिरहेको अवस्थामा फेला पारेको हो । लागुऔषध कारोबारमा संलग्न गिरोहहरूको निगरानी गर्ने क्रममा हुसेनका साथबाट प्रहरीले १०० ग्राम ६०० मिलिग्राम ब्राउन सुगर र एक थान मोबाइल बरामद गरेको छ ।

Advertisement

पक्राउ परेका हुसेनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ । प्रहरीले यस कारोबारमा अन्य गिरोहको संलग्नताबारे पनि अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.