नकारात्मक सोच र शंका गर्ने बानीले ‘डिमेन्सिया’ जोखिम: अध्ययन

Share this
691shares
मुलुकी खबर
एन्जु शिवाकोटी
clock२०८३ श्रावण २६, मंगलबार १०:२४

विराटनगर । अरूलाई अत्यधिक अविश्वास गर्ने, मानिसहरूको उद्देश्य सधैँ स्वार्थी हुन्छ भन्ने सोच राख्ने तथा सबैलाई शङ्काको नजरले हेर्ने बानी डिमेन्सिया (बिर्सने रोग) को जोखिमसँग सम्बन्धित हुन सक्ने एक अध्ययनले देखाएको छ।

युनिभर्सिटी अफ इस्टर्न फिनल्यान्डका वैज्ञानिकहरूले गरेको अध्ययनले मानिसको नकारात्मक सोच र मस्तिष्क स्वास्थ्यबीचचको सम्बन्धलाई उजागर गरेको छ।

अध्ययनमा ६२२ जना स्वयंसेवी सहभागी थिए, जसको सन् १९९८ मा औसत उमेर ७१ वर्ष थियो। अनुसन्धानकर्ताहरूले सहभागीहरूलाई ‘मेरो विचारमा मानिसहरू अघि बढ्न झूट बोल्छन्’ र ‘अरूलाई विश्वास नगर्नु नै सुरक्षित हुन्छ’ जस्ता भनाइप्रति आफ्नो धारणा व्यक्त गर्न लगाएर उनीहरूको शङ्कालु सोचको स्तर मापन गरेका थिए। त्यसपछिको दशकमा सहभागीमध्ये ४६ जनामा डिमेन्सिया देखिएको थियो।

अत्यधिक नकारात्मक र शङ्कालु सोच भएका १६४ जनामध्ये १४ जनामा डिमेन्सिया देखियो भने तुलनात्मक रूपमा कम शङ्कालु २१२ जनामध्ये ९ जनामा मात्र यो समस्या देखिएको थियो। यस आधारमा अत्यधिक शङ्कालु सोच भएका मानिसमा डिमेन्सियाको जोखिम कम शङ्कालु मानिसको तुलनामा करिब दोब्बर रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्।

तर, अध्ययनको नेतृत्व गरेकी डा. आना माइजा टोलप्पानेनका अनुसार यसको अर्थ अरूलाई शङ्का गर्ने बानीले नै डिमेन्सिया गराउँछ भन्ने होइन। शङ्कालु व्यवहार डिमेन्सियाको कारण हो वा रोग सुरु हुनुअघिको पूर्वसङ्केत हो भन्ने विषयमा अझै स्पष्ट भइसकेको छैन।

मस्तिष्कमा हुने भौतिक वा जैविक परिवर्तनले समेत व्यक्तिको व्यक्तित्वमा प्रभाव पार्न सक्ने हुँदा यसमा थप अनुसन्धान आवश्यक रहेको विज्ञहरूको भनाइ छ। अल्जाइमर्स रिसर्च यूकेका डा. सिमन रिड्लेले पनि डिमेन्सिया सुरु भइसकेपछि त्यसको सुरुवाती लक्षणका रूपमा बिरामीमा शङ्का र अविश्वास बढेको हुन सक्ने औँल्याएका छन्।

फिनल्यान्डका वैज्ञानिकहरूको यो अध्ययन महत्त्वपूर्ण भए पनि यसमा सहभागीको सङ्ख्या सीमित रहेको र अन्य सामाजिक तथा जीवनशैलीका कारकहरूलाई पूर्ण रूपमा समेट्न नसकिएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार उमेर बढ्दै जाँदा डिमेन्सियाको जोखिम बढे पनि वृद्धावस्था हुँदैमा यो हुनु अनिवार्य भने होइन। स्वस्थ जीवनशैली अपनाएर यसको जोखिम कम गर्न सकिन्छ।

त्यसैले हप्तामा कम्तीमा १५० मिनेट मध्यम स्तरको शारीरिक गतिविधि गर्ने, सागसब्जी र फलफूलयुक्त स्वस्थ खानपान अपनाउने, धूम्रपान तथा मद्यपानबाट टाढा रहने र मस्तिष्कलाई सक्रिय राख्न पढ्ने, लेख्ने तथा नयाँ कुरा सिक्ने बानी बसाल्न विज्ञहरूले सुझाव दिएका छन्। साथै, साथी र परिवारसँगको सामाजिक सम्बन्ध बलियो बनाउने तथा उच्च रक्तचाप, मधुमेह र कोलेस्टेरोललाई नियन्त्रणमा राख्नुपर्नेमा जोड दिइएको छ।

तपाइको प्रतिक्रिया
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×