एक सय केजी गाँजासहित भारतीय नागरिक पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २६, मंगलबार ०९:२६
एक सय केजी गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा ठुलो परिमाणको लागुऔषध गाँजासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पटेर्वा सुगौली गाउँपालिका–३ सोनबर्साबाट १०५ केजी गाँजासहित ५० वर्षीय भारतीय नागरिक सउरु चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Advertisement

भारतको बिहार राज्य, बेतिया जिल्ला उजहरुपरजिलवा भागा श्रीनगर–३ घर भएका चौधरीलाई मंगलबार राति ९ बजेतिर प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उनलाई गाँजासहित फेला पारेको थियो ।

बरामद गरिएको गाँजा र पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
पुष्पलाल स्मृति ब्याडमिन्टन: क्षितिज, विष्णु र प्रफुल्ल सेमिफाइनलमा
पुष्पलाल स्मृति ब्याडमिन्टन: क्षितिज, विष्णु र प्रफुल्ल सेमिफाइनलमा
रेडक्रसको विधान संशोधन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
तत्काल केन्द्रीय कमिटी बैठक डाक्न ओलीलाई दबाब
भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता
नेप्सेमा झिनो सुधार, कारोबार रकम भने साढे तीन अर्बमा सीमित
‘सरकार पुनर्गठन पद बाँडफाँट होइन, काम गर्ने शैली बदल्ने अवसर हो’
सुनसरीको बर्जुमा १५ शय्याको अस्पताल बन्ने, १५ करोड ९३ लाखको सम्झौता
कोशी सरकार : कांग्रेसका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन
अदालत अगाडि मिटरब्याज पीडित महिलाद्वारा आत्मदाहको प्रयास
सुनसरीको गढीमा स्कुल बसको ठक्करबाट वृद्धाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.