सुनसरीको बर्जुमा १५ शय्याको अस्पताल बन्ने, १५ करोड ९३ लाखको सम्झौता

Share this
807shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २७, बुधबार १४:०५

विराटनगर। सुनसरीको बर्जु गाउँपालिका-४ मा १५ शय्याको आधुनिक अस्पताल भवन निर्माणका लागि १५ करोड ९३ लाख ३८ हजार ८३० रुपैयाँ बजेट स्वीकृत भई त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ।

भारत सरकारको ‘नेपाल-भारत विकास सहकार्य’अन्तर्गत सञ्चालित उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजना मार्फत निर्माण हुने यस अस्पतालका लागि काठमाडौंमा औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुधीर साफीले जानकारी दिए।

सम्झौतापत्रमा नेपाल सरकारको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तर्फबाट उपसचिव होमनाथ काफ्ले, भारतीय दूतावासका तर्फबाट विकास साझेदारी काउन्सिलर अविनाश कुमार सिंह र कार्यान्वयन एजेन्सीको रूपमा रहेको बर्जु गाउँपालिकाका तर्फबाट अध्यक्ष जिवछ कुमार रायले हस्ताक्षर गरेका छन्।

बजेट तथा लगानीको ढाँचा

विस्तृत परियोजना प्रतिवेदन, सिभिल इन्जिनियरिङ ढाँचा र लागत अनुमानका आधारमा स्वीकृत गरिएको कुल १५ करोड ९३ लाख ३८ हजार ८३० रुपैयाँ बजेट (भ्याटबाहेक र आकस्मिक खर्चसहित) मध्ये ९५ प्रतिशत रकम भारत सरकारले अनुदानको रूपमा उपलब्ध गराउनेछ। बाँकी ५ प्रतिशत रकम भने बर्जु गाउँपालिकाले सह-वित्तीयकरण मार्फत व्यहोर्नेछ।

परियोजनाका अन्तर्गत यी काम हुनेछन्-

  • अनुगमन समिति: कामको गुणस्तर र कार्यान्वयनको अनुगमन गर्न बर्जु गाउँपालिकाका उपाध्यक्षको संयोजकत्वमा अनुगमन समिति गठन गरिनेछ। समितिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, सङ्घीय मामिला मन्त्रालयका प्रतिनिधि, जिल्ला समन्वय अधिकारी, भारतीय दूतावासको विकास साझेदारी शाखाका प्रतिनिधि र कार्यान्वयन एजेन्सीका प्रमुख इन्जिनियर रहनेछन्।

  • कर छुट र भुक्तानी: परियोजनाका लागि खरिद गरिने सम्पूर्ण सामान, सामग्री र उपकरणमा नियमानुसार भ्याट तथा कर छुट वा फिर्ताको व्यवस्था नेपाल सरकारले गर्नेछ। ठेकेदारलाई हुने भुक्तानी प्रगति विवरणका आधारमा भारतीय दूतावासले शोधभर्ना गर्नेछ।

  • दिगो सञ्चालन कोष: अस्पताल निर्माण सम्पन्न भएपछि यसको दीर्घकालीन मर्मतसम्भारका लागि बर्जु गाउँपालिका र अस्पताल व्यवस्थापन समितिले छुट्टै दीर्घकालीन मर्मत कोषको स्थापना गर्नेछन्।

  • प्रचार र उद्घाटन: निर्माण कार्य सुरु हुनासाथ कार्यस्थल तथा मुख्य पहुँचमार्गमा परियोजनाको विवरण, कुल लागत र ठेकेदारको नामसहितको बोर्ड राखिनेछ। निर्माण सम्पन्न भएपछि हस्तान्तरण प्रमाणपत्र जारी गरी दुवै देशका प्रतिनिधिको उपस्थितिमा उद्घाटन गरिनेछ।

परियोजना स्वीकृत भएसँगै बर्जु गाउँपालिकाका अध्यक्ष राय र प्रमुख प्रशासकीय अधिकृत साफीले भारत सरकार, नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तव, दूतावासका काउन्सिलर अविनाश कुमार सिंह, सेकेन्ड सेक्रेटरी गरिमा नौटियाल, कुमार गौरव लगायत सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेका छन्।

अस्पताल निर्माणपछि बर्जु र आसपासका क्षेत्रका सर्वसाधारणले आफ्नै गाउँठाउँमा सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
खाम्लेतदेखि राष्ट्रसेवासम्म : पाँच दाजुभाइको प्रेरणादायी यात्रा
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका
मोरङको बूढीगंगामा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा युवकको मृत्यु
अन्नपूर्ण आधार शिविरमा बढ्यो पर्यटकको चाप
कांग्रेसको आगामी दशकका लागि थापाले अघि सारे ‘पुनर्जागरण र समुन्नति’को खाका
जेनजी आन्दोलनका मुद्दा फिर्ता लिन मिल्छ ? समितिले दियो यस्तो राय
दसैँका लागि डोल्पाबाट भेडाच्याङ्ग्रा ल्याउन थालियो
वैकल्पिक मार्गमा तस्करी रोक्न झापा प्रशासनको निगरानी, १५ दिनमा सुरक्षा प्रतिवेदन बुझाउनुपर्ने
जितिया मनाउन गएका दुई किशोरीको डुबेर मृत्यु
सभापतिमा उठ्न ४० हजार र केन्द्रीय सदस्यमा ११ हजार शुल्क
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×