रतुवामाईमा सर्पको टोकाइबाट महिलाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २६, मंगलबार १९:२८

विराटनगर। मोरङको रतुवामाई नगरपालिका-३ महादेवामा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ। आफ्नै घरभित्र काम गरिरहेको अवस्थामा मंगलबार बिहान ३५ वर्षीया आशा ताजपुरियालाई गोमन सर्पले डसेको थियो।

घरमा काम गर्ने क्रममा दाहिने हातको कान्छी औँलामा गोमन सर्पले टोकेपछि उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो। अस्पतालमा चिकित्सकले जाँच गर्दा दिउँसो ३:१० बजे उनलाई मृत घोषणा गरेका थिए।

Advertisement

मृतकको शव उनका ससुरा चिल्का ताजपुरियाले बुझेर लगेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ। प्रहरी चौकी महादेवाबाट प्रहरी नायब निरीक्षक भीम बहादुर श्रेष्ठको कमाण्डमा टोली खटिएर थप अनुसन्धान गरिरहेको छ।

तपाइको प्रतिक्रिया
पुष्पलाल स्मृति ब्याडमिन्टन: कबिर र सुहम अन्तिम ३२ मा
पुष्पलाल स्मृति ब्याडमिन्टन: कबिर र सुहम अन्तिम ३२ मा
विराटनगरमा विद्यालय स्तरीय क्रिकसल प्रतियोगिता हुँदै 
विराटनगरमा विद्यालय स्तरीय क्रिकसल प्रतियोगिता हुँदै 
रतुवामाईमा सर्पको टोकाइबाट महिलाको मृत्यु
सुनबर्षीमा महिला मृत फेला
कप्तानगन्ज घटनाको छानबिनमा न्यायिक आयोग गठन गर्न कांग्रेसको माग
प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटका लागि एमाले र नेकपाको ५ बुँदे निर्देशन
लाइसेन्समा नयाँ अनलाइन प्रणाली, राष्ट्रिय परिचयपत्र र आफ्नै मोबाइल नम्बर अनिवार्य
पूर्वप्रधानमन्त्री नेपालविरुद्धको जग्गा हिनामिना मुद्दामा साक्षी बकपत्र गराउन आदेश
व्यवसायी शेखर गोल्छासँग विशेष अदालतद्वारा एक करोड धरौटी माग
सुनसरी र सिराहाका चार जनालाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.