विराटनगरमा विद्यालय स्तरीय क्रिकसल प्रतियोगिता हुँदै 

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २६, मंगलबार २०:०१
विराटनगरमा विद्यालय स्तरीय क्रिकसल प्रतियोगिता हुँदै 

विराटनगर । विराटनगरमा ‘प्रथम अन्तर विद्यालय सुपर ८ क्रिकसल’ प्रतियोगिता हुने भएको छ । विराटनगर महानगरपालिका –३ मा रहेको विराट स्पोर्ट्स जोनले प्रदेशमै पहिलो पटक क्रिकसल प्रतियोगिता आयोजना गर्न लागेको हो । बुधबारबाट हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

विराट स्पोर्ट्स जोनले विद्यालय स्तरमा प्रतिभाशाली खेलाडीको पहिचान, विकास तथा खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागको स्पोर्ट्स जोनका अध्यक्ष हरि बजगाईंले जानकारी दिए ।

प्रतियोगिताबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष बजगाईंले भने, ‘हामीले स्पोर्ट्स जोन खोलेको एक वर्ष पनि भएको छैन । यहाँका खेल प्रेमी अभिभावक र खेल खेल्न इच्छुक भाइबहिनीहरूले गर्दा वर्ष दिन नपुग्दै एउटा राम्रो इभेन्टको सुरुवात गर्न पाएका छौँ । प्रतियोगिता गरेर मुनाफा कमाउने भन्दा पनि खेल क्षेत्रलाई चलायमान बनाउने र विद्यालय स्तरबाटै प्रतिभाशाली खेलाडी पहिचान गरी उनीहरूलाई प्रशिक्षण र अवसर उपलब्ध गराउनु हाम्रो मुख्य उद्देश्य हो ।’

विराटनगरलाई एउटा खेलकुद गतिविधिको केन्द्रका रूपमा विकास गर्ने, खेलकुदका माध्यमबाट एउटा सभ्य, शान्त समाज निर्माण गर्ने, सबै उमेर समूहकालाई खेलकुदका माध्यमबाट स्वास्थ्य जीवन जिउने वातावरण बनाउने र विद्यालय स्तरदेखि नै बालबालिकालाई खेलप्रति आकर्षण गराउनु स्पोर्ट्स जोनको अर्को उद्देश्य रहेको अध्यक्ष बजगाईंले बताए । उनका अनुसार स्पोर्ट्स जोनमा विराटनगरका मात्रै नभई छिमेकी पालिका र भारतको जोगबनीबाट समेत खेलाडीहरू नियमित प्रशिक्षणका लागि आउने गरेका छन् ।

प्रतियोगिताका प्रोजेक्ट म्यानेजर राज ढकालका अनुसार साउन २७ देखि ३१ गतेसम्म खेल हुनेछ । पाँच दिनसम्म हुने प्रतियोगितामा विराटनगर, बुढीगंगा र ग्रामथानका ४ वटा सामुदायिक र २८ वटा निजी विद्यालयको सहभागिता रहेको ढकालले बताए । ढकालले भने, ‘यस पटक छोटो समयमा प्रतियोगिताको तयारी गर्नुपर्छ केही कमजोरी भए । त्यसलाई आगामी दिनमा सुधार गर्दै अझ व्यवस्थित उत्कृष्ट प्रतियोगिताको आयोजना गर्ने छौँ । प्रतियोगिता गर्नका लागि करिब २ लाख रुपैयाँ खर्च हुने अनुमान गरेका छौँ ।’

प्रतियोगिताको विशेष आकर्षणका रूपमा ‘फेयर प्ले अवार्ड’ ट्रफी रहेको छ । कार्यक्रम संयोजक करण कार्कीले प्रतियोगिताको बेस्ट प्लेयरलाई ट्रफीसहित क्रिकेट एकेडेमीमा तीन महिनाको शतप्रतिशत छात्रवृत्ति र १ हजारको भौचर प्रदान गरिने बताए ।

त्यस्तै, बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई ट्रफीसहित क्रिकेट एकेडेमीमा १–१ महिनाको शतप्रतिशत छात्रवृत्ति र १–१ हजार बराबरको भौचर प्रदान गरिने छ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ हुने खेलाडीलाई मेडलसहित क्रिकेट एकेडेमीको भर्ना शुल्कमा ५० प्रतिशत छुट र ५ सय बराबरको भौचर प्रदान गरिने छ भने उदयमान खेलाडीलाई ट्रफी प्रदान गर्ने संयोजक कार्कीले बताए ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×