बाढीले मन्दिर र दुई पुल बगायो 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २९, शुक्रबार ०८:२०
मोदी खोलामा बाढीले मन्दिर र दुई पुल बगायो 

काठमाडौं । अविरल वर्षासँगै मोदी खोलामा आएको भीषण बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिकामा ठुलो क्षति पुर्‍याएको छ । बाढीले अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध अन्नपूर्ण माता मन्दिर र दुई वटा पुल बगाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमानामा पर्ने मोदी खोलाको बीच भागमा रहेको मन्दिर बाढीले बगाएको हो । बाढीले मन्दिर जाने बाटोमा रहेको पुल र पर्वत तथा कास्की जोड्ने अर्को एउटा मेटल पुल (झोलुङ्गे पुल) समेत बगाएको छ ।

Advertisement

बाढीले मन्दिर र पुल बगाएपछि मन्दिर परिसरमा रहेका तीन जना व्यक्तिहरू त्यहीँ अलपत्र परेका छन् । अलपत्र पर्नेहरूमा एक जना पुजारी र दुई जना भक्तजन रहेको र उनीहरू बाढीको घेराबन्दीमा परेपछि उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

अलपत्र परेकाहरूको उद्धारका लागि सशस्त्र प्रहरीको गोताखोरसहितको टोली घटनास्थलमा पुगिसकेको छ । खोलाको बहाव उच्च रहेका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको भए पनि उनीहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । मोदी खोलाको सतह अझै बढ्ने क्रममा रहेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.