पूर्व–पश्चिम रेलमार्ग: ६ वर्षदेखि जग्गा ‘बन्धक’

Share this
663shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३, बुधबार १३:०६
पूर्व–पश्चिम रेलमार्ग: ६ वर्षदेखि जग्गा ‘बन्धक’

विराटनगर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको ‘पूर्व–पश्चिम विद्युतीय रेलमार्ग’ का लागि जग्गा अधिग्रहण गरिएको ६ वर्ष बितिसक्दा पनि स्थानीयले मुआब्जा पाउन सकेका छैनन् । जग्गा रोक्का गरिएका कारण न त मुआब्जा पाइने, न त आफ्नो सम्पत्ति चलाउन पाइने स्थिति भएपछि झापा, मोरङ र सुनसरीका हजारौँ जग्गाधनीहरू ठुलो मर्कामा परेका छन् ।

सरकारले झापाको काँकडभिट्टादेखि सुनसरीको इनरुवासम्मको १२६.७५ किलोमिटर दूरीमा रेलमार्ग निर्माण गर्न २०७७ जेठ २४ र २७ गते सूचना जारी गर्दै जग्गा रोक्का राखेको थियो । मालपोत कार्यालयमार्फत हक हस्तान्तरण रोक्का गरिएको ६ वर्ष पुग्न लाग्दा पनि सरकारले मुआब्जा वितरणमा कुनै तदारुकता नदेखाएको स्थानीयको गुनासो छ ।

पूर्व–पश्चिम रेलमार्ग मुआब्जा समन्वय समितिका केन्द्रीय सचिव ज्ञानेन्द्र निरौलाका अनुसार यस आयोजनाबाट झापा, मोरङ र सुनसरीका ४ हजारभन्दा बढी घरधुरी प्रभावित भएका छन् । कुल ५ हजार ४२४ कित्ता जग्गा अहिले रोक्काको अवस्थामा छ ।

‘जग्गा रोक्का भएको ६ वर्ष भइसक्यो, न सरकारले मुआब्जा दिन्छ, न त जग्गा फुकुवा नै गर्छ,’ सचिव निरौलाले भने, ‘जग्गा किनबेच, अंशबन्डा र बैंकमा धितो राख्न समेत नपाउँदा धेरैको व्यवहार रोकिएको छ । सरकारको यो नीतिले हामी सर्वसाधारणलाई घर न घाटको बनाएको छ ।’

तथ्यांक अनुसार रेलमार्गका लागि सबैभन्दा बढी झापामा २ हजार ४५७ कित्ता जग्गा अधिग्रहण गरिएको छ । यस्तै, मोरङमा १ हजार ६६८ र सुनसरीमा १ हजार ३२९ कित्ता जग्गा रोक्का छ । अधिग्रहण गरिएको क्षेत्रमा झापाका मेचीनगर र बिर्तामोडका दुईवटा सिंगो बस्ती नै परेका छन् ।

रेलमार्गको नक्सांकनभित्र ५१२.६९ हेक्टर खेतीयोग्य जमिन, ५३.६१ हेक्टर जल क्षेत्र, ३३ हेक्टर आवासीय क्षेत्र, १९.६ हेक्टर वन र १६.८६ हेक्टर सडक क्षेत्र पर्दछ । रेल विभागले यी क्षेत्रमा सीमांकन समेत गाडिसकेको छ ।

लामो समयदेखि आफ्नो निजी सम्पत्ति उपभोग गर्न नपाएका प्रभावितहरूले सरकारसामु दुई वटा विकल्प अघि सारेका छन् । उनीहरूले कि त प्रचलित बजार मूल्यअनुसार तत्काल उचित मुआब्जा दिनुपर्ने, कि ६ वर्षसम्म जग्गा रोक्का राखे बापतको क्षतिपूर्तिसहित जग्गा फुकुवा गर्नुपर्ने माग गरेका छन् ।

समन्वय समितिले पटक–पटक मन्त्री र सरकार परिवर्तन भए पनि आफूहरूको समस्या समाधान गर्न कसैले चासो नदिएको आरोप लगाएको छ । विकासको नाममा सर्वसाधारणको सम्पत्तिमाथि अनिश्चित कालसम्म प्रतिबन्ध लगाउनु अन्यायपूर्ण भएको उनीहरूको ठहर छ । यदि चाँडै मुआब्जाको प्रक्रिया अघि नबढे आन्दोलनमा उत्रिने चेतावनीसमेत पीडितहरूले दिएका छन्।

तपाइको प्रतिक्रिया
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
मोरङमा ४६ सय संस्थाको अभिलेख खोतल्दै प्रशासन, नयाँ दर्ता पनि रोकियो
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
कांग्रेसको सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×