
काठमाडौं । नेपाल प्रेस काउन्सिलको सदस्यमा चार जना नियुक्त भएका छन् । सरकारको पछिल्लो निर्णयअनुसार काउन्सिलको सदस्यमा चार जना नियुक्त भएका हुन् ।
स्तम्भकार नम्रता शर्मा, फोटो पत्रकार प्रकाश माथेमा, पत्रकार रविराज बराल र उपशना घिमिरे सदस्यमा नियुक्त भएका हुन् । नवनियुक्त सदस्यहरूलाई काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठले बुधबार एक समारोहबीच पद तथा गोपनीयताको शपथ गराएका छन् ।
यस पटकको नियुक्तिमा सरकारले सन्तुलन मिलाउन खोजेको देखिन्छ । छापा माध्यम, फोटो पत्रकारिता र आधुनिक सञ्चार क्षेत्रका फरक–फरक पृष्ठभूमि भएका व्यक्तिहरू नियुक्त भएका हुन् ।
काउन्सिलमा हाल नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा पदेन सदस्य र सूचना तथा प्रसारण विभागका महानिर्देशक छबीन्द्र पराजुली सदस्यसचिवको रूपमा कार्यरत छन् ।



















