उद्योगीका समस्या समाधान गर्न सांसद मनिष झाको प्रतिबद्धता

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ४, बिहीबार १०:२२
उद्योगीका समस्या समाधान गर्न सांसद मनिष झाको प्रतिबद्धता

विराटनगर । उद्योग संगठन मोरङको आयोजनामा सत्तारुढ दलका सांसद मनिष झासँग उद्योग–व्यवसाय क्षेत्रका समसामयिक समस्या, चुनौती तथा आर्थिक गतिविधि विस्तारका विषयमा छलफल भएको छ ।

कार्यक्रममा संगठनका अध्यक्ष नन्दकिशोर राठीले उद्योग तथा व्यवसाय क्षेत्र मुलुकको अर्थतन्त्रको प्रमुख आधार स्तम्भ भएको बताए । उनले निजी क्षेत्रले उठाउँदै आएका समस्याहरूलाई सरकारको सम्बन्धित निकायसम्म पुर्‍याएर समाधानका लागि पहल गरिदिन सांसद झासँग आग्रह गरे ।

अध्यक्ष राठीले नीतिगत स्थिरता, पूर्वानुमानयोग्य कानुनी व्यवस्था र लगानीमैत्री वातावरण निर्माणमा जोड दिए ।
सो अवसरमा सांसद मनिष झाले उद्योग तथा व्यवसाय क्षेत्रलाई अर्थतन्त्रको महत्त्वपूर्ण खम्बाका रूपमा लिँदै निजी क्षेत्रका समस्या समाधानका लागि आफूले गम्भीरतापूर्वक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘लगानीकर्ताको मनोबल बढाउन र उद्योग क्षेत्रका समस्या सुल्झाउन म सहजीकरण गर्नेछु । जलविद्युत, पर्यटन र कृषिमा रहेका सम्भावनालाई व्यवहारमा उतार्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक छ ।’

संगठनका निवर्तमान अध्यक्ष राकेश सुरानाले मुलुकको दिगो विकासका लागि कृषिको आधुनिकीकरण र व्यवसायीकरणलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए । उनले उत्पादन लागत घटाउने र कृषि उत्पादनलाई उद्योग तथा बजारसँग जोड्ने नीति आवश्यक रहेको उल्लेख गरे ।

छलफलमा सहभागी अन्य उद्योगी–व्यवसायीहरूले बैंकको तरलतालाई उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्नुपर्ने, बजारको माग बढाउनुपर्ने, कर नीतिमा स्थिरता कायम गर्नुपर्ने र विद्युत महसुलमा लगाइएको भ्याट हटाउनुपर्ने जस्ता मागहरू राखेका थिए ।

तपाइको प्रतिक्रिया
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
मोरङमा ४६ सय संस्थाको अभिलेख खोतल्दै प्रशासन, नयाँ दर्ता पनि रोकियो
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
कांग्रेसको सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×