
काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ९ हजार ३ सय रुपैयाँले बढेको छ।
मूल्य बढेसँगै आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६८ हजार ६ सय ९० रुपैयाँ तोकिएको छ।
चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। तोलामा २६० रुपैयाँले बढेर चाँदी आज प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ। १० ग्राम चाँदीको मूल्य भने ४ हजार १ सय ६३ रुपैयाँ कायम भएको छ।



















