अवैध काठसहित दुई जना पक्राउ 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ४, बिहीबार १३:२३
अवैध काठसहित दुई जना पक्राउ 

विराटनगर । उदयपुरको बेलका नगरपालिका–१ स्थित सामुदायिक वनबाट अवैध चिरान काठसहित दुई जनालाई वन कार्यालयको टोलीले पक्राउ गरेको छ ।

सवडिभिजन वन कार्यालय तपेश्वरीबाट खटिएको टोलीले बेलका जनशक्ति सामुदायिक वन समूहको जंगलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सप्तरीको कोशी नगरपालिका–७ वइनगम्माका ४८ वर्षीय बालकुमार यादव र सोही स्थानका ४५ वर्षीय रामकिसन सदा रहेको छन्।

Advertisement

डिभिजनल वन अधिकृत (डिएफओ) गजेन्द्र श्रेष्ठका अनुसार काठ तस्करीमा संलग्न ८ जनाको समूहमध्ये २ जना पक्राउ परेका हुन् भने बाँकी ६ जना वन टोलीलाई देखेपछि फरार भएका थिए । फरार रहेकाहरूको खोजी कार्य जारी रहेको वन कार्यालयले जनाएको छ ।

वन टोलीले घटनास्थलबाट १०.७ क्युबिक फिट चिरान काठ बरामद गरेको छ । साथै, काठ काट्न प्रयोग गरिने एउटा बन्चरो र एउटा खुकुरी समेत बरामद गरिएको छ ।

पक्राउ परेका दुवै जनालाई वन ऐन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको छ । उनीहरू विरुद्ध अदालतबाट म्याद थप गरी हिरासतमा राखेर विस्तृत अनुसन्धान भइरहेको डिएफओ श्रेष्ठले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×