
एजेन्सी। अमेरिकाको अलास्कामा आठ जना सवार एक चार्टर विमान दुर्घटनामा परेको छ। पश्चिमी अलास्काको दुर्गम क्षेत्रमा उक्त विमान दुर्घटनाग्रस्त भएको अमेरिकी अधिकारीहरूले जनाएका छन्।
नेसनल ट्रान्सपोर्टेसन सेक्युरिटी बोर्ड ९एनटीएसबी० का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई जना पाइलट र छ जना यात्रु सवार थिए। एन्कोरेजबाट केप न्युवेनहमतर्फ जाँदै गरेको उक्त विमान अवतरणका क्रममा दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घटनालगत्तै अलास्का उद्धार समन्वय केन्द्रले खोज तथा उद्धार अभियान सुरु गरेको छ। विमानमा सवार व्यक्तिहरूको अवस्थाबारे भने तत्काल थप विवरण आउन बाँकी छ।



















