बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ५, शुक्रबार २१:५५

गुल्मी। बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका–७ कुडापानीकी ५५ वर्षीया कमला पाण्डे बाँदर धपाउने क्रममा स्थानीय निउरेनी जंगलको गोरेटो बाटोबाट चिप्लिएर करिब २५ मिटर तल खसेकी थिइन्।

गम्भीर घाइते पाण्डेलाई घटनाबारे जानकारी पाएलगत्तै प्रहरी सहायक निरीक्षक विष्णुबहादुर पाण्डेको नेतृत्वमा खटिएको सात सदस्यीय टोलीले उद्धार गरी उपचारका लागि गुल्मी अस्पताल तम्घास पुर्‍याएको थियो।

Advertisement

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माका अनुसार उपचारका क्रममा पाण्डेको आज साँझ मृत्यु भएको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया
अवैध काठसहित दुई जना पक्राउ 
सुन सफा गर्ने बहानामा ठगी गरेको आरोपमा चार भारतीय पक्राउ
बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु
सरकारी सेवा सुधार्न ३० दिने ‘क्विक फिक्स’ योजना, अनावश्यक झन्झट हटाउने सरकारको तयारी
देशभर ९८ प्रतिशत धान रोपाइँ, गत वर्षभन्दा १.९२ प्रतिशत बढी
 कोशी प्रदेशसभामा दलित अधिकारसम्बन्धी विधेयक दर्ता 
जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम: ५० प्रतिशत सङ्क्रमितको मृत्यु
जापानीज इन्सेफ्लाइटिसबाट २१ जनाको मृत्यु, सबैभन्दा बढी कोशीमा
१५ औँ महाधिवेशन रोक्न सर्वोच्चमा रिट नदिएको खड्काको स्पष्टोक्ति
कुवेतमा बन्धक बनाइएकी नेपाली महिलाको उद्धार
संसदमा निदाएको भिडियो भाइरल भएपछि मन्त्री पुनको स्पष्टीकरण
नेपाल पुलिस क्लब र एग्रो थाई फुड्सबीच प्रायोजन सम्झौता
नेपाल पुलिस क्लब र एग्रो थाई फुड्सबीच प्रायोजन सम्झौता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×