
झापा । झापाको मेचीनगर नगरपालिकाकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । मेचीनगर नगरपालिकाका ४० वर्षीय अशोककुमार राईलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार १८ वर्षीया एक युवतीलाई ललाइफकाइ जबरजस्ती करणी गरेको आरोपमा राईलाई पक्राउ गरिएको हो । पीडितका तर्फबाट उजुरी परेपछि प्रहरीले तत्कालै राईलाई पक्राउ गरेको थियाे ।
राईले ती युवतीलाई विभिन्न प्रलोभन देखाई ललाइफकाइ जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुले पनि घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका राईमाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाइएको र आवश्यक कानुनी प्रक्रियाका लागि उनलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

























