शंकास्पद मासुसहित दुई युवक पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ६, शनिबार ११:२७

सिराहा । सिराहाको औरही गाउँपालिका–५ स्थित गागन खोलामा सशस्त्र प्रहरीले चेकजाँचका क्रममा करिब चार किलो शङ्कास्पद काँचो मासुसहित दुई युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा औरही गाउँपालिका–५ मुस्लिम टोलका २५ वर्षीय मोहतर अलि र सोही टोलका २९ वर्षीय मोहमद अफरोज खान रहेका छन्।

प्रहरीका अनुसार उनीहरू मधेस प्रदेश ०१–००४ प ९५०६ नम्बरको मोटरसाइकलमा सवार रहेका बेला चेकजाँचका क्रममा शङ्कास्पद मासुसहित नियन्त्रणमा परेका हुन्।

Advertisement

बरामद मासु प्रारम्भिक रूपमा गाईको मासुजस्तो देखिएको र भारतबाट ल्याइएको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ। यद्यपि मासु कुन जनावरको हो भन्ने यकिन परीक्षण तथा थप अनुसन्धानपछि मात्र हुने प्रहरीले स्पष्ट पारेको छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सिराहामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी रमेश पालले जानकारी दिए।

तपाइको प्रतिक्रिया
मुस्ताङ भ्रमणमा प्रधानमन्त्री शाह, मालढुङ्गाबाट अघि बढ्यो टोली
बीपीको सशस्त्र संघर्षका संस्मरण समेटिएको ‘बीपी र विद्रोहका ती दिन’ इलाममा विमोचन
कोशीमा विद्युत् आपूर्ति भरपर्दो बनाउँदै खपत बढाउन ऊर्जामन्त्रीको निर्देशन
गरिमा चौधरीलाई न्याय माग्दै शान्तिवाटिकामा प्रदर्शन
निलो सिन्दुर : रंगमञ्चीय यात्राको अर्को अध्याय
शंकास्पद मासुसहित दुई युवक पक्राउ
मनमोहन पोलिटेक्निकका डिप्लोमा विद्यार्थीले अब आफ्नै ठाउँमा बीटेक पढ्न पाउने
विपद्का घटनामा २५० जनाको मृत्यु
गरिमा चौधरी प्रकरण : अनुसन्धानमा कमजोरी हुन नदिने गृहमन्त्री गुरुङको प्रतिबद्धता
बिहारमा भीडमा बस पस्दा पाँच जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×