काँकडभिट्टा नाका: २४ अर्बको कृषि वस्तु आयात

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ७, आइतबार ०६:५६
काँकडभिट्टा नाका: २४ अर्बको कृषि वस्तु आयात

झापा । पूर्वी नाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८२/८३ मा २४ अर्ब रुपैयाँभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका अनुसार भारत, चीन, अस्ट्रेलिया र बंगलादेशबाट कुल २४ अर्ब २६ करोड ७४ लाख रुपैयाँ बराबरको खाद्यान्न, दलहन, तरकारी तथा फलफूल नेपाल भित्रिएको हो ।

आयातित कृषि वस्तुमा खाद्यान्न र दलहनको हिस्सा सबैभन्दा बढी छ । कार्यालयका प्रमुख नन्दकिशोर सिंहका अनुसार भारतबाट २४ करोड २३ लाख रुपैयाँको चामल र १८ लाख ८३ हजार रुपैयाँको कोदो आयात भएको छ । यस्तै, अस्ट्रेलिया र भारतबाट २७ लाख ९९ हजार रुपैयाँ बराबरको १ हजार ९९६ मेट्रिक टन चना र अस्ट्रेलियाबाट १० करोड ८८ लाख रुपैयाँ बराबरको मासको दाल भित्रिएको छ ।

Advertisement

एक वर्षको अवधिमा भारतबाट उल्लेख्य मात्रामा तरकारी आयात भएको छ । तथ्यांक अनुसार १४ करोड ३९ लाख रुपैयाँको गोलभेडा, ७ करोड ९० लाखको काँक्रा र ३ करोड ३५ लाख रुपैयाँको खुर्सानी आयात भएको छ ।

फलफूलतर्फ भारत र चीनबाट स्याउ, भुइँकटर, तरबुजा र नासपाती मुख्य रूपमा भित्रिएका छन् । जसमा ५९ लाख ७२ हजार रुपैयाँको स्याउ र १४ लाख २४ हजार रुपैयाँको तरबुजा आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×