सरकारी कर्मचारीको सामाजिक सञ्जाल प्रयोगमा कडाइ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ७, आइतबार ०८:४६

एजेन्सी । पाकिस्तानको संघीय सरकारले निजामती कर्मचारीको सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ। नयाँ निजामती कर्मचारी आचारसंहिता, २०२६ अन्तर्गत सरकारी कर्मचारीको व्यक्तिगत सामाजिक सञ्जाल गतिविधिसमेत निगरानीको दायरामा ल्याइने जनाइएको छ।

नियमअनुसार सरकार वा राज्य संस्थाविरुद्ध प्रचार–प्रसार गर्ने, आलोचना वा बदनाम गर्न नक्कली तथा अज्ञात खाता प्रयोग गर्ने कर्मचारीमाथि अनुशासनात्मक कारबाही हुन सक्नेछ। सरकारी कामको व्यक्तिगत प्रचार गर्न व्यक्तिगत सामाजिक सञ्जाल खाता प्रयोग गर्नसमेत रोक लगाइएको छ।

Advertisement

कार्यालय समयमा सरकारी सामाजिक सञ्जाल खाता व्यक्तिगत प्रचारमा प्रयोग गरे पनि कारबाही हुने जनाइएको छ। कर्मचारीले आफ्ना आधिकारिक तथा व्यक्तिगत सामाजिक सञ्जाल खाताको विवरण सरकारलाई उपलब्ध गराउनुपर्ने व्यवस्था पनि गर्न सकिने बताइएको छ।

यस्तै, पदबाट हट्दा वा जिम्मेवारी परिवर्तन हुँदा सरकारी सामाजिक सञ्जालका प्रमाणपत्र, अभिलेखित सामग्री र प्रशासनिक पहुँच उत्तराधिकारीलाई हस्तान्तरण गर्नुपर्नेछ। सरकारी नीति वा आधिकारिक धारणाविपरीत विचार तथा सूचना सार्वजनिक गर्न पनि कर्मचारीलाई निषेध गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×