जापानमा ५.९ म्याग्निच्युडको भूकम्प

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ७, आइतबार ०९:४६

एजेन्सी । पूर्वी जापानमा आइतबार बिहान ५.९ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २३ जना घाइते भएका छन्। जापान मौसम विज्ञान एजेन्सीका अनुसार इबाराकी प्रिफेक्चर केन्द्रबिन्दु भएर स्थानीय समयअनुसार बिहान २ बजे भूकम्प गएको हो। भूकम्पको केन्द्र करिब ७० किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पबाट साइतामा र कानागावामा नौ–नौ, चिबामा चार तथा इबाराकीमा एक जना घाइते भएका छन्।

अधिकांश मानिस सुतिरहेका बेला आएको धक्कापछि ओछ्यानबाट उठ्दा लडेर तथा फर्निचर र ढोकामा ठोक्किएर घाइते भएका हुन्। कानागावाको योकोहामामा करिब ८० वर्षीया एक महिला ओछ्यानबाट खसेर गम्भीर घाइते भएकी छन्।

Advertisement

भूकम्पपछि केही स्थानीय रेल सेवामा ढिलाइ भए पनि शिन्कान्सेन बुलेट ट्रेन सेवा सामान्य रूपमा सञ्चालनमा रहेको छ। जापान सरकारले क्षतिको अवस्थाबारे मूल्यांकन गर्न आपत्कालीन कार्यदल गठन गरेको छ। भूकम्पपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरूले बताएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×