
विराटनगर । मोरङको कटहरी गाउँपालिकामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कटहरी गाउँपालिका–१ खोरियाका करिब ४४ वर्षीय पवन राजवंशी घरनजिकैको नहरमा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थिए।
घाइते राजवंशीलाई उपचारका लागि कोशी अस्पताल, विराटनगर ल्याइएको थियो। अस्पताल पुर्याइएको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।



















