लागुऔषधसहित विराटनगरबाट युवक पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ७, आइतबार १०:०७

विराटनगर । विराटनगरमा लागुऔषधसहित आइतबार एक युवक पक्राउ परेका छन्। विराटनगर महानगरपालिका–१२ रोडशेषबाट प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका-१५ का २८ वर्षीय बिसन तामाङलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार तामाङ लागुऔषध सेवन गरी मोटरसाइकल चलाउन नसक्ने अवस्थामा रहेको सूचना पाएपछि खटिएको टोलीले उनलाई जाँच गरेको थियो। जाँचका क्रममा उनको साथबाट स्पास्मो–प्रोक्सिभोन ८ थान, निट्राकेयर १० थान तथा कालो प्लास्टिकमा लुकाएर राखिएको ब्राउन सुगरजस्तो देखिने सेतो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

Advertisement

प्रहरीले तामाङले प्रयोग गरेको प्रदेश ३–०२–०१३ प ३०१० नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×