गाडीको ठक्करले आमा-छोरीको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ७, आइतबार ११:०६
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 

रुकुम पश्चिम । सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आइतबार बिहान आमा-छोरीको मृत्यु भएको छ।

सिम्लीबाट चौरजहारीतर्फ जाँदै गरेको विद्युतीय सवारीले मुसिकोट खलङ्गाबाट सुर्खेततर्फ गइरहेको अर्को गाडीलाई आइतबार बिहान ठक्कर दिएको थियो। दुर्घटनामा गुल्मीको रुरु क्षेत्र गाउँपालिका-४ बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवाली गम्भीर घाइते भएका थिए।

Advertisement

उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी झविन्द्र परियारले जानकारी दिए। दुर्घटनामा ठक्कर दिने विद्युतीय गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×