बालिका हत्या प्रकरण: थप एक आरोपी पक्राउ 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ८, सोमबार १२:४२
 बालिका हत्या प्रकरण: थप एक आरोपी पक्राउ 

काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिकाकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले जितपुरसिमरा उपमहानगरपालिकाकै बासिन्दा प्रदीप खड्कालाई नियन्त्रणमा लिएको हो । खड्का पक्राउ परेसँगै यस काण्डमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ ।

यसअघि प्रहरीले जितपुरसिमरा–२ का १६ वर्षीय सुमन थापा र २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरिसकेको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा पक्राउ परेका सुमन थापाले प्रदीप खड्काको नाम लिएका थिए । सोही बयान र प्रारम्भिक अनुसन्धानका आधारमा खड्कालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

Advertisement

साउन ३१ गते बिहान आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा गरिमा एकाएक बेपत्ता भएकी थिइन् । परिवार र स्थानीयले खोजी गर्ने क्रममा भदौ २ गते घर नजिकै रहेको एउटा रित्तो (मान्छे नबस्ने) घरमा उनको शव फेला परेको थियो ।

बालिकाको शवको प्रकृति र प्रारम्भिक पोस्टमार्टम रिपोर्टका आधारमा प्रहरीले उनको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको छ ।

प्रहरीले अहिले पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान गरिरहेको छ । घटनामा अन्य व्यक्तिको पनि संलग्नता छ वा छैन भन्नेबारे सूक्ष्म अध्ययन भइरहेको प्रहरीले जनाएको छ । देशभरबाट दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै दबाब दिँदै आएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×