स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ८, सोमबार १४:१९
स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु 

विराटनगर ।  उदयपुरको बेलका नगरपालिकामा सोमबार बिहान स्कुल बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

सोमबार बिहान ९ः४५ बजेतिर बेलका नगरपालिका–५ जहडामा लालबजारतर्फ आउँदै गरेको को.प्र.०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको को १ ख ३५१६ नम्बरको बस एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनामध्ये दुई जनाको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बेलका नगरपालिका–५ मैनीकी ३४ वर्षीया मन्दिरा मगर र अटोमा सवार अर्की एक महिला रहेकी छिन् । मृतक अर्की महिलाको पहिचान खुल्न सकेको छैन । उनीहरूको बिहान ११ः४५ बजेतिर उपचारकै क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेमा अटो चालक बेलका–५ का २८ वर्षीय इन्द्र थापा मगर, सोही ठाउँका १८ वर्षीय रोशन मगर र मोरङ विराटनगर–१२ का १९ वर्षीय अजित गुरुङ रहेका छन् । घाइतेमध्ये अटो चालक इन्द्र र १८ वर्षीय रोशनको अवस्था गम्भीर रहेको र उनीहरूको धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले स्कुल बस र बस चालक बेलका नगरपालिका–५ घुम्नेका ३६ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
कांग्रेसले विश्वासको मतको विपक्षमा मतदान गर्ने
बालिका हत्या प्रकरण : आरोपीको बयान भिडियोमा, प्रहरी अनुसन्धानमाथि प्रश्न
स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु 
स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु 
‘एउटा शालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फिर्ता आउँछ ?’
देउवा र खड्काद्वारा सर्वोच्चमा बेग्लाबेग्लै रिट
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते
दुर्गा प्रसाईंको घरबाट नियन्त्रणमा लिइएका सामानसहित उपस्थित हुन प्रहरीलाई सर्वोच्चको आदेश
परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपालले सर्बियामा असंलग्न आन्दोलनमा सहभागिता जनाउने
नेपालले सर्बियामा असंलग्न आन्दोलनमा सहभागिता जनाउने
 बालिका हत्या प्रकरण: थप एक आरोपी पक्राउ 
बालिका हत्या प्रकरण: थप एक आरोपी पक्राउ 
मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन एमालेले जारी गर्‍यो ह्विप
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×