सुधार केन्द्रमा करेन्ट लागेर एक भारतीय नागरिकको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ८, सोमबार २०:३०
सुधार केन्द्रमा करेन्ट लागेर एक भारतीय नागरिकको मृत्यु

काठमाडौं । रौतहटको गौरस्थित एक सुधार केन्द्रमा करेन्ट लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ । गौर नगरपालिका–४ मा रहेको  ‘युवा राइज सुधार केन्द्र’ मा हात धुने क्रममा करेन्ट लाग्दा भारतको बिहार बेतियाका ३४ वर्षीय विकास रायको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुधार केन्द्रमा बसिरहेका रायलाई हात धुने क्रममा अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको भए पनि चिकित्सकले अस्पताल पुर्‍याउनासाथ मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

Advertisement

मृतक राय विगत पाँच महिनादेखि सोही सुधार केन्द्रमा रहँदै आएको थिए । हाल उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमै राखिएको छ । घटनाबारे उनका आफन्तलाई खबर गरिसकिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
जेनजीका माग सम्बोधन गर्न ‘समर्पित संयन्त्र’ मार्फत काम अघि बढाइने
इरान आर्थिक, सामाजिक र राजनीतिक रूपमा धराशायी हुँदैछ : ट्रम्प
सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
जिल्ला अदालतका आदेश अब सोही दिन विद्युतीय प्रणालीमा प्रविष्ट गर्नुपर्ने
किसानलाई दूधको बाँकी भुक्तानी तत्काल तिर्न सर्वोच्चको परमादेश
बलात्कारका घटना रोक्न कडा कानुन बनाएर प्रभावकारी कार्यान्वयन गर्न सांसदहरूको माग
१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने तयारी
प्रतिनिधिसभाबाट चार विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित
नेपाल ‘ए’ को पहिलो जित, होबार्ट हुरिकेन्स ३९ रनले पराजित
विद्युत् महसुल घटाउने तयारी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×