
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको हो।
महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार १० ग्राम छापावाल सुनको मूल्य २ लाख ७६ हजार २ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६५ रुपैयाँले घटेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ भने सोमबार प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय १ रुपैयाँ कायम भएको छ।



















