
काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्दै आएका २७ वर्षीय राज कठायत छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार आज (मंगलबार) बानेश्वर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानले जथाभावी बाटो नकाटी आकाशेपुल प्रयोग गर्न अनुरोध गर्दा कठायतले उनीमाथि हातपात गरेका थिए ।
कठायतले महिला प्रहरीमाथि हातपात गरेकाले नियन्त्रणमा लिएको उल्लेख गर्दै प्रवक्ता थापाले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान तथा सोधपुछ भइरहेको जानकारी दिए ।

























