झापा अदालतबाट दोषी ठहर, मोरङमा पक्राउ

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार ०७:१३
लहानमा पेस्तोलसहित ३ जना पक्राउ 

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–५ बाट प्रहरीले सवारी अंगभंग मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कानेपोखरी–५ का ४४ वर्षीय सुरेन्द्रप्रसाद राजवंशी रहेका छन् । राजवंशीलाई मंगलबार साँझ ७ बजेतिर आफ्नै घरबाट पक्राउ गरिएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले बताए ।

Advertisement

उनका अनुसार राजवंशीलाई पक्राउ गरेर अड्डासार गरी झापा पुर्याइएको छ । सवारी अंगभंग मुद्दामा जिल्ला अदालत झापाले २०८१ साल पुस १६ गते दोषी ठहर गर्दै उनलाई २ वर्ष ११ महिना ५ दिन कैद सजाय हुने फैसला सुनाएको थियो ।

तर, सजाय भुक्तान नगरिकन उनी फरार भएका थिए । गाउँ घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले राजवंशीलाई बुधबार अदालतमा बुझाउने तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×