
काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ले आज (बुधबार) अष्ट्रेलियन क्यापिटल टेरिटोरीसँग प्रतिस्पर्धा गर्दैछ। डार्विनस्थित मर्रारा क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ।
नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा मैदान उत्रँदैछ। प्रतियोगिताको पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ८ विकेटले र दोस्रो खेलमा बंगलादेश हाइ पर्फर्मेन्स–११ सँग ९ विकेटले पराजित भएको नेपालले तेस्रो खेलमा होबर्ट हुरिकेन्स एकेडेमीलाई ३९ रनले हराएको थियो।
यता अष्ट्रेलियन क्यापिटल टेरिटोरीले प्रतियोगिताका सुरुआती तीनवटै खेल गुमाएको छ। त्यसैले नेपाललाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यका साथ टोली मैदान उत्रनेछ।
नेपाल ‘ए’ तीन खेलबाट २ अंक जोड्दै अंकतालिकाको सातौँ स्थानमा छ। तीनवटै खेलमा पराजित अष्ट्रेलियन क्यापिटल टेरिटोरी भने अंकविहीन रहँदै नवौँ स्थानमा छ।



















