ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १०, बुधबार ०८:४६
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–२ ढुंग्रेभञ्ज्याङस्थित बीपी राजमार्गमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मंगलबार साँझ करिब ६:२० बजे इटहरीबाट काठमाडौं आउँदै गरेको प्रदेश १–०२–००२ ख ०९८५ नम्बरको ट्रक र काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा.८५ प ८९४२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्।

Advertisement

दुर्घटनामा मोटरसाइकल चालक धनुषाको बडेश्वर गाउँपालिका–५ का १९ वर्षीय राजु यादव र पछाडि सवार सोही स्थानका २० वर्षीय रुपेश महतो घाइते भएका थिए।

घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगिएको थियो। उपचारका क्रममा मोटरसाइकल चालक यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते महतोको उपचार भइरहेको छ। दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×